सउदि काे K.C.C . All kifah holding company…नेपालि युवा हरु काे सहियाे

उमेश यादव बचाउ अभियानमे सउदी अरेबिया मे रहल तराई के मधेसी नागरिक सभ कार्यरत
कम्पनी K.C.C . All kifah holding company… सउदि अरेबिया दमाम मदिना असगरिया केम्प
के मुख्य भुमिका निर्बाह करती नेपालि मधेषि मिथिला बासि सबह द्वरा सहियाे नेपाली रुपैया ३०६९७/- सहयोग केलनी अछी।

उमेश यादव से नेपाली रुपैया ३० लाख ब्लडमनी के रुपमे मागाअयल।यादव के मृत्युदणड सँ बचाबय के लेल पाकिस्तानक नागरिक माफिनामा पत्र पर दस्तखत कs श्री सरिज राय जि के संगे पाकिस्तान के ३० लाख ब्लडमनी पर सम्झौता भेल जानकारी अछी।

धारीलाे हातियार प्रयाेग गरि युवककाे हत्या

धारिलो हतियार प्रयोग गरि युवकको हत्या

सते कुमार मंडल
सिरहा, जेठ ३ गते ।
सिरहाको कल्याणपुर नगरपालिकामा एक युवकको हत्या भएको छ । कल्याणपुर नगरपालिका १ अर्नामा बनिनियाँमा धारिलो हतियार प्रहार बाट गोपि सदाका २२ वर्षिय छोरा उमेश सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सदाको गर्दनमा धारिलो हतियार प्रहार गरिएको छ । मृतक सदाको शव अर्नमा बनिनियाँको लोहजारा नदिमा भेटिएको छ । सदा वैदेशिक रोजगारीवाट १ वर्ष पहिले फर्किएका थिए । एउटा मात्रै छोरा रहेको गोपि काठमाडौको एक ईटाभट्ठामा काम गरिरहेको छ । वुधवार साझदेखी वेपता भएको सदाको शव आज(बिहिवार) दिउँसो ४ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा ल्याउने तयारी गरेको छ । घटना सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता राजन भेटवालेले बताए ।

सूचना ! सूचना !! सूचना !!!
यही मिति २०७५ साल बैशाख २८ गते मित्रराष्ट्र भारतका सम्माननिय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यूको जनकपुर भ्रमणको कार्यक्रम सर्वविदितै छ । सो कार्यक्रमा हजारौंको संख्यामा सवारी साधनहरु आउने भएकोले सुरक्षा तथा ट्राफिक व्यबस्थापनको दृष्ट्रिकोणले सो कार्यक्रमलाई सफल पार्न जनकपुर उप-मानगरपालिका रिङ्ग रोड भित्र निम्न लिखित कार्यहरुमा सहयोग गरी दिन हुन अनुरोध गरिन्छ।
१. बैशाख २८ गते सहभागी बोकी आउने सवारी साधनहरु जस्तै बस, चारचक्के सवारी, दुई चक्के सवारी र आकस्मिक सवारीहरु मात्र चलाउन हुन (बिहान ६ बजे देखी बेलुका ३ बजे सम्म अन्य सवारीहरु ( ट्रक, ट्रिपर ट्याक्टर ,टेम्पो, ई-रिक्सा) ईत्यादीलाई निषेध गरिएकोले उल्लेखित समयमा निषेधित सवारि साधनहरु प्रवेश नगराई\नचलाई सहयोग गरिदिन अनुरोध गरिएको छ)
२. बाहिर बाट सहभागि बोकि आउने सवारि साधनको डाइभर्सनको सम्बन्धमा ढल्केबर तर्फ बाट आउने सवारिहरुलाई कर्भड हल तथा मणिपालको एरिया, जलेश्वर तथा जट्हि तर्फबाट आउने सवारिहरुलाई रत्नसागर तथा बालुवा चौकि एरिया , औरही तर्फबाट आउने सवारिहरुलाई कपिलेश्वर बसपार्क तथा तेतरिया तर्फबाट आउने सवारिहरुलाई पुल्चोक बसपार्कमा पार्किङ्ग व्यवस्था मिलाइएकोले तोकिएको स्थानमा पार्किङ्ग गर्न हुन।
३.रिङ्ग रोड भित्रका सबै रोड तथा शाखा बाटोहरुमा बाटोको छेउ -छाउमा कुनै पनि सवारि पार्क नगर्न हुन।
४.भि. भि. आइ पि. ज्यू को आवागमन हुने रोडहरुमा पर्ने पसल तथा घरहरुको झ्याल ढोकाहरु सवारिको कम्तिमा १ घण्टा अगाडि बन्द गर्न हुन।
धन्यबाद!
जि. प्र. का., धनुषा, १०० जि. ट्रा. प्र. का. धनुषा,
९८५४०९००३०

राजधानि मा पासवान सेव समिति गठन

राम नारायण पंडित, सिरहा, २२ बैशाख । कठमांडौंमा पासवान सेवा समिति नेपाल नामक संस्था गठन गरिएको छ । पासवान समूदायको हकहित तथा देशबिदेशमा रहेका पासवान समूदायका लागि संस्था गठन गरिएको संस्थाले बताए ।
आज सिनामंगल काठमाणडौमा मधेसी दलित सन्जालको अध्यक्ष नरेन्द्र पासवानको अध्यक्षतामा बसेको बैठकले किरण पासवान (सिरहा) को अध्यक्षतामा १३ सदस्ययी तर्दथ समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा दुर्गा प्रसाद पासवान (सप्तरी), महासचिबमा राजेश्वर पासवान (सिरहा), सचिबमा सत्रुधन पासवान (सिरहा), कोषाध्यक्षमा गिता पासवान (रौटहट) चयन भएको हो । त्यसैगरी सदस्यहरूमा राम असरय हजरा दुसाध बारा), राजकुमार पासमान (धनुषा), रूप नारायण पासवान (बारा), मिना कुमारी पासवान (सप्तरी), चितर पासवान (सिरहा), दिपेन्द्र पासवान (धनुषा), घनश्याम पासवान (सिरहा) र प्रेम पासवान (सिरहा) रहेका छन् ।

६ महिनाकी गर्भवती श्रीमतीलाई माइतीबाट जबरजस्ती घर लगेर कुटेर हत्या गरियो, १८ वर्षीया अञ्जलीका बाबु आमा दुवै बोल्नै नसकिने अवस्थामा छन्

जनकपुरधाम । गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घटना हो धनुषाको । धनुषाको गणेशमान चारनाथ नगरपालिका(१० डुमरीयाका शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासको श्रीमानबाट हत्या भएको भन्दै परिवारजनले मुद्दा दर्ताको प्रक्रिया सुरु गरेपछि घटनाको रहस्य खुलेको हो । मृतक अञ्जली ६ महिनाकी गर्भवती थिइन्। उनको विबाह ११ महिनाअघि जिल्लाको सबैला नगरपालिका – १ खरियानीका चर्तुभुज दासको २२ वर्षीय छोरा दिपेन्द्र दाससँग भएको माइती पक्षले जनाएको छ ।

सामाजिक रितीरिवाजअनुसार तीन छोरीमध्ये जेठी अञ्जलीको बिहेमा शिवनाथले कर्जा लिएर करिब चार लाख खर्चेका थिए। विदेशबाट कमाएर आएका ज्वाइलाई बिहेमा दाइजोस्वरुप मोटरसाइकल, गरगहना र केही रकम पनि दिइयो तर, बिहे भएको एक वर्ष नबित्दै अन्जलीको हत्या भएको कुरा अभिभावकको लागि पत्याउनै नसक्ने घटना भएको र प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ । छोरीको हत्या भएको थाहा पाए लगत्तै अञ्जलीका बाबु आमा दुवै बोल्नै नसक्ने अवस्थामा पुगेका छन् ।

छोरीको हत्या भएपछि जिल्ला अदालत धनुषाको प्रांगणमा भेटीएकी आमा ज्ञानुले रुँदै भनिन् पेटमा गर्व बसेपछि छोरीको दशा लागेको रहेछ । गर्भ परिक्षण गर्दा छोरी भएको थाहा पाए लगत्तै अञ्जलीका श्रीमान्ले दिनहुँ कुटपिट गर्ने गरेको र यावत यादना सहनु परेको माइतीलाई बताउँदै आएको रहस्य खोलीन् । हत्या भएकै दिन अञ्जलीका श्रीमान्ले माइतीबाट जबरजस्ती लिएर आएका थिए । अञ्जलीले पासो लगाएको भनिए पनि उनको शरीरभरी निलडाम देखिएकोर उनका श्रीमान् पक्षले कुटेर हत्या गरेको आमा ज्ञानुले बताइन् ।

स्मार्ट लाइसेन्स लिँदा अनिवार्य कक्षा

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई सरकारले अनिवार्यरूपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागँ गर्ने भएको छ।

सवारी दुर्घटना न्यँनीकरण गर्न र चालकलाई सवारी चलाउँदा जिम्मेवारीबोध गराउने उद्देश्यको साथ लाइसेन्स वितरण गर्ने क्रममा अनिवार्यरूपमा कक्षा सञ्चालन गर्ने भएको हो। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लिने व्यक्तिले लिखित र ट्रायल पास गरेपछि लाइसेन्स लिने क्रममा आधा घण्टादेखि एक घण्टाको ट्राफिक जनचेतनासम्बन्धी कक्षा लिने गृहकार्य अगाडि बढाएको छ।

चालक अनुमतिपत्र लिइसकेपछि जिम्मेवारीबोध गराउन र सम्भावित सवारी दुर्घटनाबाट जोगाउने उद्देश्यका साथ आगामी आर्थिक वर्ष २०७५–०७६ बाट चालकहरूले कक्षा लिनुपर्ने प्रावधान लागँ गर्ने गृहकार्य शुरू भएको यातायात व्यवस्था विभागका सँचना अधिकारी तुलसीप्रसाद अर्यालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

लिखित परीक्षामा धेरै अनुत्तीर्ण भएपछि सरकारले लाइसेन्स लिनका लागि लिखित परीक्षा खुकुलो बनाएको छ। लिखित परीक्षामा २० वटा प्रश्नमध्ये दसवटा प्रश्न मिलाउनासाथ पास हुने गरेका छन्।

विभागले चालकलाई कक्षा सञ्चालन गर्न यस आर्थिक वर्षबाट नै शुरू गर्न खोजे पनि आर्थिक अभावका कारणले अगाडि बढाउन नसकिएको बताइएको छ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापासे) गरी सवारी सञ्चालन गरेको अवस्थामा चालकहरूलाई जरिवानासहित तीन घण्टा ट्राफिक नियमका बारेमा कक्षा दिँदै आएको छ। तर विभागले भने जिम्मेवार चालक बनाउने उद्देश्यले लाइसेन्स विवतरण गर्नुअघि अनिवार्यरूपमा कक्षा सञ्चालन गर्न लागेको हो। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।